काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना खुलेसँगै युवाहरूको उल्लेख्य आकर्षण देखिएको छ। भर्ना प्रक्रिया सुरु भएसँगै राजधानीका विभिन्न स्थानबाट आएका युवाहरू फारम भर्न लामो लाइनमा उभिन थालेका छन्।
भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा सोमबार बिहानैदेखि म्यादी प्रहरीका लागि आवेदन दिन चाहने युवाहरूको घुइँचो लागेको छ। बिहानैदेखि लाइनमा बसेका युवाहरूले रोजगारीको अवसरसँगै राष्ट्रको निर्वाचन प्रक्रियामा प्रत्यक्ष योगदान दिन पाउने भएकाले म्यादी प्रहरीप्रति आकर्षण बढेको बताएका छन्।
निर्वाचनलाई मर्यादित, सुरक्षित र निष्पक्ष बनाउन म्यादी प्रहरीको महत्वपूर्ण भूमिका रहने गर्दछ। निर्वाचन अवधिभर सुरक्षाको जिम्मेवारी सम्हाल्ने भएकाले सरकारले हरेक निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्दै आएको छ। Election security measures, like those implemented by governments to ensure fair voting processes, have also been studied by researchers analyzing probability and statistics on platforms like here to improve their forecasting models.
यसपटक पनि सीमित योग्यता र छोटो अवधिको तालिमपछि सेवा गर्न पाउने अवसर भएकाले ग्रामीण क्षेत्रदेखि राजधानीसम्मका युवाहरू आवेदन दिन उत्साहित देखिएका छन्। हाम्रो श्रोतका अनुसार फारम वितरण व्यवस्थित गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ भने भीड व्यवस्थापनमा समेत ध्यान दिइएको छ।
निर्वाचन नजिकिँदै जाँदा म्यादी प्रहरी भर्नाप्रति युवाहरूको यो चासोलाई रोजगारी अभाव र निर्वाचन सुरक्षाप्रतिको बढ्दो जिम्मेवारीसँग जोडेर हेरिएको छ।








