बुढानिलकण्ठ — श्री भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि., बुढानिलकण्ठ नगरपालिका वडा १३ काठमाडौंले आफ्नो १७औँ वार्षिक साधारण सभा आयोजना भोलि अर्थात असोज ५ गते शनिबारका दिन आयोजना हुने भएको छ ।

सहकारीले विगत १७ वर्षदेखि आफ्नो उद्देश्यअनुरूप आर्थिक विकास, बचत, ऋण, र सामुदायिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ भने यहि बर्ष देखि नयाँ संचालक समितीद्वारा संस्था संचालन भएको हो । वार्षिक साधारण सभामा सहकारीका सदस्यहरूलाई उपस्थिति हुनको लागि संस्थाले अपिल गरेको छ ।

साधारण सभाले सहकारीको हालसम्मको प्रगति, आगामी चुनौतीहरू र सम्भावनाहरूको समीक्षा गर्दै, सदस्यहरूको सुझाव संकलन गर्ने साथै, सहकारीले आगामी वर्षलाई थप प्रभावकारी र सामुदायिक हितका गतिविधिहरूमा केन्द्रित हुने योजनाहरु समेत प्रस्तुत गर्ने भएको छ।

कार्यक्रम बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ अवस्थित लोहिटि रिसोर्टमा आयोजना हुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय