अहिलेको राजनीतिक परिवेशमा कार्यकर्ताको छनोट कट्ठर निष्ठा कि कठोर निरंकुशता ? नेकपा एकीकृत समाजवादी पार्टीको गतिविधि काठमाडौ क्षेत्र नम्बर ४ र क्षेत्र नम्बर ५ मा शुन्य हो अर्थात कमजोर उपस्थिति यसबारे आज तत्कालीन नेकपा एमाले समानान्तर कमिटी बागमती प्रदेशका सदस्य तथा क्षेत्र नम्बर ५ निर्वाचन क्षेत्रमा रहेको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठसँग गरिएको अन्तरवार्ता प्रस्तुत गरेका छौ।

आरामै हुनुहुन्छ सर ?
बालकृष्ण श्रेष्ठ : एकदम आरामै छु थप नयाँ जोश र जाँगर थपिएको महसुस गर्दछु।

कुरा तपाईंले भर्खरै सामाजिक संजालमा सार्वजनिक गर्नुभएको एउटा प्रश्नबाट गर्छु ,जुन प्रश्न कम्युनिष्ट नेता तथा कार्यकर्तालाई केन्द्रमा राखेर गर्नु भएको रहेछ त्यहीबाट सुरुवात गर्दछु,अहिले राजनितिक परिवेशमा कार्यकर्ताको छनोट कट्टर निष्ठा कि कठोर निरंकुशता हो त ?

बालकृष्ण श्रेष्ठ : हेर्नुस् अहिले एक किसिमको कतातिर लाग्ने भन्नेमा केन्द्र देखि प्रदेश हुँदै स्थानिय तह सम्म लहर आएको छ। नेताले कार्यकता आफुतिर आकर्षत गर्न अनेक लोभ लालच दबाब तथा पद जस्ता कुराहरुको प्रयोग गरिएको मैले अनुभव गरिरहेको छु ।त्यो वास्तवमा गलत हो मेरो बिचार के भने एक्लै बसौँ तर सत्यको बाटो नछौडौ भन्ने हो ।

तपाईं कुन पक्षमा उभिनु भएको छ ? तपाईं ब्यक्तिको पछाडी लागिरहनु भएको हो ?

बालकृष्ण श्रेष्ठ : म हिजोको दिनमा पनि माधव कुमार नेपालको पक्षमा थिए आज पनि त्यही पक्षमा छु र भोलि पनि त्यही पक्षमा हुनेछु त्यो कुरामा कुनै दुइमत छैन। मेरो निर्वाचन क्षेत्रको हिसाबले काठमाडौ क्षेत्र नम्बर ५ पर्दछ तर नगरपालिकाको हिसाबले बुढानिलकण्ठ नगरपालिकामा पर्छ त्यसैले पनि क्षेत्र नम्बर ४ र ५ मा म लगायत केही साथीहरू सतिसाल झै उभिएका छौ। त्यो किन हो भने सत्यको बाटो त माधबकुमार नेपालले समाइ रहनु भएको छ आज देश र संविधानको रक्षा उहाँ लगायत गठबन्धनको सरकारमा लाग्नु भएका नेताहरुले गर्नु भएको छ।अनि अर्को कुरा म सधै सत्यको पक्षमा उभिएको ब्यक्ति हुँ ब्यक्तिको हैन।

भने पछि तपाईं नेकपा एमालेको पक्षमा हैन ?नेकपा एकीकृत समाजबादी पक्षमा हुनुहुन्छ ?

बालकृष्ण श्रेष्ठ : हो,म अहिले कमरेड माधव कुमार नेपालले नेतृत्व गरिरहनु भएको नेकपा एकीकृत समाजवादीमा छु।

काठमाडौ क्षेत्र नम्बर ४ र ५ मा त तपाईंहरुको पक्षमा उपस्तिथि लगभग शुन्य जस्तो छ हैन र ?

बालकृष्ण श्रेष्ठ : यस्तो हैन म लगायत केही कमरेडहरु सतिशाल झै नदगमगाइ बसेका छौँ , जसमा प्रदेशसभा सदस्य कुसुमकुमार कार्की लगायतका धेरै साथीहरु छौ।अहिले हाम्रो केही साथीहरु उता लाग्नु भएको छ विविध कारणले उहाँहरु सँग पनि हाम्रो सम्पर्क भइरहेकै छ । क्षेत्र नम्बर ४ मा र ५ मा साथीहरु बिस्तारै खुलेर आउनु हुनेछ। पार्टी कब्जा गर्न कोसिसलाई नकाम गरिएको परिणाम स्वरुप अहिले एकीकृत समाजवादी दल स्थापना गर्न सक्षम भएका छौ यो सँमग्र कम्युनिस्टहरुको सफलता हो।

अन्त्यमा तपाईं के भन्न चाहानुहुन्छ ?
बालकृष्ण श्रेष्ठ : मेरा समकालीन साथीहरूले मैले सुने अनुसार उहाँहरु मिल्न आह्वान गरेर अगाडि बढने कुरा विभिन्न कार्यक्रमहरुमा बोल्दै आउनु भएको छ ,उहाँहरुलाई योे भन्न चाहान्छु कि पार्टीमा ब्यक्ति हाबी हुँदा दुइ तिहाइको सरकार अल्पमत हुँदै सरकारबाट बाहिरिएर बस्नु पर्ने अवस्था आयो । विद्रोहलाई अब सिर्जनामा परिवर्तन गरि नेपाली जनताको आकाक्षा अनुसार नेपाल कम्युनिस्ट आन्दोलन रक्षा भएको छ भने अव समाजवादी पार्टीलाई विकास गर्दै देश र जनताको स्वाभिमानीलाई उच्च राख्न मुलुक र जनताको समृद्धिको आकाक्षा पुरा गर्न कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गर्न ऎतिहासिक अभियान सफल भएको छ।अवको अवस्थामा आतिएर मातिएर हैन अबको गन्तव्य समाजवादको हो।

काठमाडौ क्षेत्र नम्बर ४ तथा ५ मा हामीले संगठन बिस्तारलाई तीव्रता दिदै छौ अब चाँडै नै योजना बनाएर त्यसलाइ प्रभावकारी ढंगले कार्यन्वयन पनि गर्दैछौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय