प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिकामा आयोजित वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावका आधारमा कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीको कार्यक्रममा नेपाली समुदायबाटै विरोधको तयारी भइरहेको थियो, जसका कारण कार्यक्रम रोक्नुपर्ने अवस्था आएको हो। महावाणिज्यदूतावासले सुरक्षा चुनौती र विरोधका सम्भावनाहरूलाई मध्यनजर गर्दै कार्यक्रम आजका लागि स्थगित गरिएको जनाएको छ।
प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर, तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि महावाणिज्यदूतावासले जानकारी दिएको छ।
अन्तरक्रिया कार्यक्रमको स्थगनले नेपाली समुदायमा विभिन्न प्रतिक्रियाहरू उत्पन्न गरेको छ।







