कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज असोज १४ गते, तोकिएको छ। बैंकले असोज १५ गतेदेखि बुकक्लोज गर्दैछ।यसअनुसार, असोज १४ सम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरूलाई साधारण सभामा सहभागी हुन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न मौका हुनेछ।
बैंकले असोज ३० गते, बुधबार, काठमाडौँको लिसारा रिसेप्शन, भगवती बहाल, नक्सालमा बिहान १०:३० बजे १८ औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। सभामा ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ।
साथै, ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, र लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पनि पारित गर्ने कार्यक्रम रहेको छ।







