बुढानिलकण्ठ । बुढानिलकण्ठ खानेपानी व्यवस्थापनलाई थप चुस्त, पारदर्शी र दिगो बनाउने उद्देश्यसहित नगरपालिकाले नयाँ नेतृत्व चयन गरेको छ।

नगर कार्यपालिका बैठकको निर्णयअनुसार पूर्व नगर प्रमुख उद्दव खरेललाई खानेपानी बोर्डको अध्यक्षको जिम्मेवारी दिइएको हो। त्यस्तै, वडा नं. १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ र वडा नं. ४ की सदस्य सुमिता खड्कालाई बोर्ड सदस्यमा मनोनयन गरिएको छ।

नयाँ नेतृत्वले खानेपानी सेवा विस्तार, मर्मत–सम्भारलाई व्यवस्थित बनाउने तथा उपभोक्ताका गुनासालाई छिटो सम्बोधन गर्ने अपेक्षा गरिएको छ। सदस्यहरू अध्यक्षसँग समन्वय गरेर काम गर्नेछन्।

यसैबीच, बोर्डलाई थप प्रभावकारी बनाउन अध्यक्षको सिफारिसमा आवश्यक परे अन्य सदस्यहरू समेत थप गरिने तयारी रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय