काठमाडौँ,  —‘जेनजी आन्दोलन’का नाममा सरकारी कर्मचारी र निकायका अधिकारीहरूलाई धम्क्याउँदै आएका अर्जुन शाही पक्राउ परेका छन्।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा यसअघि पनि उजुरी परेका थिए। अभिलेखअनुसार उनीमाथि ठगीसहितका मुद्दा पनि दर्ता भएका छन्।

शाहीले पछिल्ला दिनमा अख्तियारदेखि क्यानसम्मका कर्मचारीलाई धम्क्याउने, सामाजिक सञ्जालमा डर र भ्रम फैलाउने तथा गैरकानुनी गतिविधि गर्ने गरेको आरोप छ।

प्रहरीले यसअघि दर्ता भएका उजुरी र पछिल्ला घटनाका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी भट्टराईका अनुसार, “शाहीविरुद्ध यसअघि पनि उजुरीहरू रहेका थिए। हाल पनि उनले विभिन्न गैरकानुनी कार्य दोहोर्याएपछि पक्राउ गरिएको हो।”

प्रहरीले शाहीलाई प्रारम्भिक अनुसन्धानपछि अदालतबाट म्याद थप गरी थप कार्यवाही अघि बढाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय