ईंटाले बनेको महलले झोपडिलाई पानीपर्दा जिस्क्याए पनि यहाँ ।
गरिबको झोपडी खरको छानो नै किन नहोस् त्यो चुहिनु हुदैन।
ज्याला मजदुरी गरेर परिवार पाल्ने कहिल्यै जाली बन्न सक्दैन
श्रमजीवीलाई काममा लगाएर भुडि भर्नेको मन कुहिनु हुदैन।
बगरमा ढुङ्गा फोर्दै गिट्टी बेचेर नानीको स्कुल फि तिर्ने मजदुरको
नानी शिक्षित देख्ने लक्ष्य आमाको पसिना ब्यार्थै चुहिनु हुदैन।
सत्ताको लागि मरिहत्ते गर्ने संस्था जनमत लिएर सत्ता पाएपछि
आफुले गरेको गाउँले बिच सत्य बाचा सत्ता संगै तुहिनु हुदैन।
सुन्दरहरै १० असोज २०८०







