आज नेपाली बजारमा सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३ सयमा कारोबार भइरहेको छ। सोमबार पनि सुनको मूल्य यही दरमा कायम रह्यो।
त्यस्तै, चाँदीको मूल्य आज १० रुपैयाँले बढेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।







