काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ। बिहीबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बिहीबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको छ।

सुनचाँदीको मूल्यमा आएको यो वृद्धिले बजारमा नयाँ उत्साह ल्याएको छ भने लगानीकर्ताहरू मूल्य वृद्धिप्रति सकारात्मक देखिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय