काठमाडौ   / नयाँ सरकार बनेपछि उच्च अंकले बढेको शेयर बजार अहिले निरन्तर घट्दै जाँदा अर्थमन्त्री विष्णु पौडेलले गम्भीर चासो व्यक्त गरेका छन्। ३००० विन्दुसम्म पुगेको नेप्से अहिले घटेर २५०० विन्दुमा झरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै पौडेलले नेप्से कार्यालयमै पुगेर जवाफ माग गरेका छन्।

“नेप्से ३००० विन्दुसम्म पुगेर अहिले किन घटेर २५०० मा आइपुग्यो, म यसको जवाफ खोज्न आएको हुँ,” पौडेलले नेप्से कार्यालयमा आयोजित एक कार्यक्रममा भने।

बजारमा ३० अर्बसम्म पुगेको दैनिक कारोबार रकम पनि अहिले घटेर ५ अर्बमा झरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले बजारमा देखिएको अस्थिरतालाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।

अर्थमन्त्री पौडेलले पूँजी बजारको दिगो विकासका लागि सरकारले प्रतिबद्धता जनाइरहेको उल्लेख गर्दै अब बजार सुधारका लागि आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने बताए। उनले बजारमा इन्साइडर ट्रेडिङ, कर्नरिङ र प्राइस बुलिङ्ग  जस्ता गलत क्रियाकलाप रोक्नका लागि नेप्सेले प्रभावकारी ढंगले निगरानी बढाउनु पर्ने कुरामा पनि जोड दिएका हुन ।

सरकारले पूँजी बजारलाई दीर्घकालीन रुपमा सबल र स्थिर बनाउन नीतिगत सुधारको तयारी गरिरहेको पनि उनले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय