काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अङ्ग्रेजी भाषणको एउटा भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। धेरैले उक्त भिडियो स्पेनमा हालै भएको कार्यक्रममा खिचिएको भन्दै सेयर गरिरहेका छन्। भिडियोमा ओली फरर अङ्ग्रेजी बोलिरहेका देखिन्छन् र धेरैले उनको शैलीको प्रशंसा समेत गरेका छन्।

क्याप्टेन विजय लामा लगायतका व्यक्तिहरूले उक्त भिडियो सेयर गर्दै ओलीको प्रस्तुति प्रभावशाली रहेको बताएका थिए ।

तर वास्तविकता के हो भने उक्त भिडियो करिब नौ महिना पुरानो हो। साथै, प्लेब्याक स्पीड बढाएर बनाइएको पाइएको छ, जसले गर्दा ओलीको अङ्ग्रेजी बोलाइ छरितो र फरर देखिएको हो।

 यसरी सम्पादन गरिएको भिडियोले सामाजिक सञ्जालमा भ्रम फैलाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय