प्रधानमन्त्री के पि शर्मा ओलि को नेतृत्वको सरकार मा नया मन्त्री परिषद गठन भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रिक्त रहेको मन्त्रालय हरुमा जसपा (जनता समाजबादी पार्टी) संसदीय दलको नेता राजेन्द्र महतो र महन्त ठाकुर पक्षको साथमा संयुक्तरुपमा नया मन्त्री परिषदको कार्यविभाजन गरि नयाँ मन्त्रिपरिषद् गठन भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयंम को मातहतमा कार्यविभाजन अन्तरगत उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, गृह, रक्षा, वन तथा वातावरण,संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि  राखेका छन ।

विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो तिनै जना उप-प्रधानमन्त्री नियुक्त भएको छ भने क्रमशः अर्थ मन्त्रालय,परराष्ट्रमन्त्रालय र सहरी विकास मन्त्रालय  को कार्यबिभाजन मा परेको  छ।

त्यसैगरी शरद सिंह भण्डारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीको रुपमा कार्यबिभाजन भएको छ भने कृष्णगोपाल श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि,अनिलकुमार झा खानेपानी,शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या ,लक्ष्मण कर्ण भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण,
बसन्तकुमार नेम्बाङ भौतिक पूर्वाधार तथा यातायात, लिलानाथ श्रेष्ठ लाई कानुन न्याय तथा संसदीय मामिला, बिमलप्रसाद श्रीवास्त श्रम रोजगार तथा सामाजिक सुरक्षा ,उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी महिला बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीका साथमा कार्यबिभाजन गरिएको छ ।

चन्द्रकान्त चौधरी र रेणुका गुरुङ लाई भने राज्यमन्त्री सहितको क्रमश ऊर्जा जलस्रोत तथा सिँचाइ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक कार्यबिभाजन गरेको भनी रास्ट्रपतिको कार्यलयले बिज्ञप्ती जारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय