काठमाडौं । गायक रामकृष्ण ढकाल द्वारा निर्मित नयाँ नेपाली फिल्म मालती मंगले को शीर्ष गीत यही चैत ४ गते सार्वजनिक हुने भएको छ।
गायक ढकालले फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत साझा गर्दै सो जानकारी दिएका हुन्। पोस्टर शेयर गर्दै उनले भनेका छन्, “यही बुधवारदेखि तपाईँको प्ले–लिष्टमा एउटा नयाँ गीत थपिँदैछ ‘मालती मंगले’ को शीर्ष गीत।”
उक्त गीतमा अभिनेत्री वर्षा राउत र अभिनेता विजय बराल फिचर्ड रहेका छन्। निर्माण पक्षका अनुसार शीर्ष गीत बुधवार दिउँसो सार्वजनिक गरिनेछ।
फिल्म ‘मालती मंगले’ गायक ढकालकै निर्माणमा तयार भएको हो। फिल्म आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारी गरिएको छ।







