बहुप्रतिक्षित गीत ‘माया’ अन्ततः रिलिज भएको छ, जसले एउटा सुन्दर प्रेम कहानीलाई पर्दामा उतार्दै दर्शकहरूलाई भावुक बनाएको छ।
गीतको कथा एउटा सुन्दर जोडिको वरिपरि घुम्छ, जो प्रेमको संसारमा रमाइरहेका हुन्छन्। तर, अचानक आएको एउटा घटनाले उनीहरूको जीवनलाई पूर्ण रूपमा परिवर्तन गर्छ। प्रेमी र प्रेमिकाले आफैलाई एकअर्काबाट टाढा पाउँछन् र छुट्टै दुनियाँमा पुग्छन्। उनीहरूको प्रेमको संघर्ष र फेरि मिल्ने आशाको कहानीले सबैलाई छुन्छ।
‘माया’को गीतमा मर्मस्पर्शी शब्द र संगीतले दर्शकलाई प्रेम, पीडा र बिछोडको गहिराईसम्म पुर्याउँछ। गीतले रिलिज भएसँगै छोटो समयमै धेरै दर्शकहरूबाट प्रशंसा बटुलिरहेको छ। प्रेमले कति गहिरो अर्थ राख्छ र जीवनमा के–के कठिनाइ आउन सक्छन् भन्ने कुरा ‘माया’ले गहिरोसँग प्रस्तुत गरेको छ।
न्युजाँ पिक्चरको प्रस्तुति र सबिन श्रेष्ठको शब्द तथा आवाजमा बनेको यस गीतले दर्शकहरूलाई भावनात्मक यात्रामा लगेको छ।भिडियोमा बिकेश श्रेष्ठ र प्रभिना वाइबाको मुख्य भूमिका रहेकोे छ भने डिमेश श्रेष्ठको निर्देशनमा तयार भएको हो ।यस गितको मिडिया पाटनरमा बागमती प्रदेश मिडिया र हाम्रो बूढानीलकण्ठ हो भने “माया” गितको निर्माताहरूमा किरण श्रेष्ठ, दिनेश श्रेष्ठ, सुशान्त श्रेष्ठ, राज कुमार श्रेष्ठ, अमृत श्रेष्ठ, ब्रजेश श्रेष्ठ, हेमन्त श्रेष्ठ, सगुना श्रेष्ठ, कुमार श्रेष्ठ, प्रकाश कार्की, लक्ष्मण श्रेष्ठ, सुमित तामाङ, र राजेन्द्र श्रेष्ठ रहेका छन्। यस म्युजिक भिडियोलाई सफल बनाउन विशेष सहयोग गरिएको प्रति संजय श्रेष्ठ, रामलाल श्रेष्ठ, कुलेखानी लेक भ्यू रिसोर्ट, बालकृष्ण गोपाली र सुरेश श्रेष्ठलाई निर्माण पक्षले हार्दिक धन्यवाद व्यक्त गरेका छन । म्युजिक भिडियो ‘माया’लाई बेगेन्द्र बुढाले प्रोड्युस, मिक्स, र मास्टर गरेका छन्। गीतको रेकर्डिङ रेकर्डिङ स्टुडियो नेपालमा गरिएको हो।
‘माया’लाई अब तपाईंले यूट्युबमा हेर्न र सुन्न सक्नुहुन्छ।
https://youtu.be/IfjXr3mFhIk?si=KCghCmTxcO3-NZic







