जेठ २२,काठमाडौ। वातावरण र मानव जीवन एक अर्काबिचको सम्बन्ध घनिष्ठ रहेको छ।मानव जिवन प्रकितिको बरदान नै मान्नु पर्छ।प्रकिति बिना मानवको कल्पना पनि गर्न सकिन्न,जीवन को अस्तित्व हुन लाई प्रकितीको साथ हुन अपरिहार्य हुन्छ यस सिङ्गो ब्रह्माण्डमा पृथ्वी मात्र यस्तो ग्रह हो जहाँ जीवन को अस्तित्व छ र यो कसरी सम्भब रह्यो भने यस ग्रहको प्रकृति र वातावरण ले नै यसरी जिबन सम्भब रहेन गएको हो । यहाँ पानीमा रहने जिब देखि लिएर जमिनमा घस्रने जनावर लगायत कितपतिङगर,चराचुरुङ्गी तथा जिबजन्तु साथै मानव सभ्यता को साझा थलो को रूपमा यहि पृथ्वी मात्र तस्तो ग्रह हो जहाँ जीवन सम्भब रहेको छ।
वातावरण शब्दले मूल रुपमा पृथ्वी वरिपरिको हावापानी, वनस्पती वनजङ्गल, नदी, हिमाल, पहाड, खनिज आदिलाई जनाउँछ । मानवीय क्रियाकलाप वातावरणको संरक्षणमा केन्द्रित हुनुपर्छ । प्रकृति, वातावरण र मानिस भन्दा फरक सुनिए पनि यि एक हुन् । यिनीहरु एक अर्कासँग अन्योन्याश्रित सम्बन्ध राख्दछन् । प्रकृति, वातावरण र मानिसको भिन्नाभिन्नै व्याख्या, सोच विकास सम्भव छैन यसले प्रकृतिमै असन्तुलन कायम गर्दछ । मानिस चेतनशील प्राणी भएकोले प्रकृति र वातावरण वीच सन्तुलन कायम राख्न अग्रसर हुनुपर्दछ । वातावरण सुरक्षित बनाइ प्रकृतिमा सन्तुलन कायम राख्नु नै मानिस स्वयं संकटमुक्त हुनु हो ।
वातावरण लाई सुरक्षा प्रदान गर्नु पदूषण मुक्त बनाइ राख्ने बिबेकशिल मानवको दायित्व हो। कसरि भने जस्तै वातावरण प्रदुषण हुन नदिने यहाँ उपलब्ध स्रोतहरु उचित प्रयोग गर्न नत्रकि बिनास हुने तरिकाले उपभोग गर्न बनजङ्गलको सरक्षण गर्न, नदिनाला फोहोर हुन नदिने, वातावरणिय पुनः चक्र लाई असर गर्न मानव क्रियाकलाप लाई निस्त्रिय गर्न सक्यो भने वातावरण सन्तुलनमा आइ भबिस्यका आफ्नोे कयौं पुस्ताहरु मानव जगत को कल्याण गर्नु हो।
१६ जुन १९७२ मा सयुक्त रास्ट्र संघले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो उक्त सम्मेलन बाट विश्व भरका राजनीति र सामाजिक जनचेतना जगाउन पर्नमा अन्तर्राष्ट्रिय एकता प्राप्त गरेको थियोे। र यसलाइ अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापना गर्न सम्मेलनको दोस्रो बर्ष ५ जुन १९७३ पुर्णता प्राप्त गरि अन्तर्राष्ट्रिय दिवसको रूपमा अंगिकार गरिएको थियोे।
नेपालमा पनि ५ जुनलाई वातावरण दिवसको रूपमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाइन्छ मुख्यत यस दिनमा वातावरण बिना मानवको कल्पना गर्न सकिन्न र यो भाबी कयौं पुस्ताहरुको जिबनको लागि आवश्यक छ भनी बुझाउन सक्नु नै यस वातावरणीय दिनको सफलता हुनेछ ।







