नेपालले फिफा बिस्वकप तथा एएफसी एसियन कप छनोट अन्तर्गत समुह चरणको खेलमा नेपालले २ गोलको अग्रताले बिजयी भएको । उक्त भएको छनोट खेलमा नेपाल र चाइनिज ताइपेइ बीच भएको फुटबल प्रतियोगिता मा २ का विरुद्ध ० लै पराजित गरिएको थियो। उक्त खेलमा नेपाली खेलाडीहरु अन्जन बिष्ट र नवयुग श्रेष्ठको गोलमा जित हासिल गरेको थियो।
पहिलो हाफमा नेपालले पेनाल्टी पाएको थियो र उक्त अवसरको सदुपयोग गर्दै।


सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरिया भित्र हन्ड गरेसँगै नेपालले सो अवसर प्राप्त गरेको थियो।सोही अवसरको सदुपयोग गर्दै नेपालका खेलाडी अन्जनले गोल प्रहार गर्न सुबर्ण अवसर लाई गोलमा परिण्त गर्दै १-० अग्रसरताले खेल अगाडि बढेको थियो।
बैकल्पिक खेलाडीको रुपमा मैदान प्रबेश गरेका नवगुयको खेल समाप्त हुन को लागि १० मिनेट बाँकी रहँदा सुमन अर्यालको क्रसमा नवयुगले ट्याप-इन फिनिस गर्दै नेपाल २ गोलले अग्रता प्राप्त गरि नेपाल विरुद्ध ताइपेय लाई २-० ले पराजिय गरि नेपालले जित हासिल गरेको थियोे ।







