बुढानिलकण्ठ, काठमाडौं — नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको आयोजनामा काठमाडौं जिल्लाभरका विद्यालयहरू सहभागी वादविवाद प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

आयोजनामा नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको संयोजन र आदिम नेसनल कलेजको सहकार्य रहेको थियो। प्रतियोगिताको समापन समारोह नगर समितिका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षता र नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुबास न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विष्णु पराजुली, सचिव मनोज श्रेष्ठ, सदस्य भिष्मराज ढकाल, बागमती प्रदेश अध्यक्ष डि.एन. महतो, काठमाडौं जिल्ला अध्यक्ष अमृत खड्का लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा मेघा पब्लिक स्कूलकी कृशाला प्याकुरेल प्रथम, पाणिनी स्कुलकी आशिस्मा भट्टराई द्वितीय र मिलन धर्मस्थलीकी कृस्टिना सिम्खडा तृतीय घोषित भए।त्यस्तै, बोधी सदनकी जेसिका राउतबेस्ट ग्रुप भिजन स्कूलकी कृपा घले ले सान्त्वना पुरस्कार हात पारिन्।

कार्यक्रम संयोजक कमलमणि न्यौपानेका अनुसार विजेताहरुलाई नगद पुरस्कार, शिल्ड, मेडलप्रमाणपत्र प्रदान गरिएको थियो। सो कार्यक्रमको सञ्चालन नगर समितिका सचिव मोहन फुयालले गरेका थिए।छात्रछात्राहरूको अभिव्यक्ति क्षमता, तर्क शक्ति र प्रस्तुतीकरण सुधार गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताले सहभागिता मात्र नभई नेतृत्व कौशलको समेत परिचय दिएको आयोजकको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय