बुधबार नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। सोमबार र मंगलबार क्रमशः १२७.३२ अंक र ६.९४ अंकले वृद्धि भएर २८३०.२० विन्दुमा पुगेको नेप्से आज ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा झरेको हो।

बुधबारको कारोबारमा सहभागी २४५ कम्पनीमध्ये ३१ वटाको शेयरमूल्यमा वृद्धि भएको छ भने २१३ कम्पनीको शेयरमूल्य घटेको छ। एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। बजारमा रहेका १३ उपसमूहमध्ये सबै उपसमूहको सूचकमा गिरावट आएको छ, जसले बजारमा मन्दीको अवस्था देखाएको छ।

आज कारोबार भएका ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्ने कम्पनीहरूमा एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, र समाज लघुवित्त रहेका छन्।

बुधबार २ करोड ६५ लाख कित्ता शेयरहरू १२ अर्ब ९२ करोड रुपैयाँ बराबरमा कारोबार भएका छन्। आजको दिन सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय