नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत अर्थतन्त्रको सुधारबारे आफ्नो धारणा व्यक्त गरेका छन्। उनले एमाले र नेपाली कांग्रेस सम्मिलित नयाँ सरकारको नेतृत्वमा राजस्व र पूँजीगत खर्चमा उल्लेखनीय वृद्धि भएको दाबी गरेका छन्।
उनका अनुसार, बैंकमा तरलता वृद्धि भएपछि आन्तरिक ऋण परिचालन गर्नु अर्थतन्त्रलाई चलायमान बनाउने उपाय हो। पोखरेलले केही सञ्चारमाध्यमहरूले आन्तरिक ऋणमा वृद्धिलाई अर्थतन्त्र सुधारका प्रयासलाई ओझेल पार्ने प्रयास गरेको भन्दै आलोचना गरेका छन्। उनले राज्यले गत वर्षको कामको भुक्तानी नगरेको अवस्थामा वक्यौता भुक्तानी दिनु राज्यको अनिवार्य दायित्व भएको उल्लेख गर्दै, अर्थतन्त्रमा सुधारलाई समर्थन गर्नुको सट्टा आलोचना मात्र गर्न नहुने धारणा व्यक्त गरेका छन्।
पोखरेलले मुलुकलाई आर्थिक संकटबाट छिटो मुक्त गर्न थप सुधारका लागि दबाब दिन र प्रोत्साहन गर्न आह्वान गरेका छन्।







