कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरी जबरजस्ति गरिने यौनसम्पर्कलाई बलात्कार भनिन्छ । त्यसैगरि उमेर नपुगेको ब्यक्तिलाई ललाई फकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार कै रूपमा लिईन्छ ।
नेपालको कानुनमा बलात्कारको ब्याख्या अनुसार कसैको मन्जुरी बिना करकाव, डर, धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौन क्रियालाई बलात्कार भनिन्छ । त्यसै गरी उमेर नपुगेका बालिकालाइ ललाइ फकाइ, मन्जुरी लिइ वा नलिइ गरिने यौनकार्यलाइ पनि बलात्कारको रूपमा लिइन्छ भनि उल्लेख गरिएको छ । कुनै महिलामाथी बलात्कार हुनुका थुप्रै कारणहरु हुन सक्दछन् तर ति मध्ये मुख्य कारण चाहीँ महिलाको शरिरलाई वस्तुको रूपमा हेर्ने पितृसत्तात्मक सोच हो । महिलाको शरिरलाइ खेलौना तथा मनोरञ्जनको साधनको रूपमा हेर्ने पुरुषको नालायकी सोचको कारणले नै महिलामाथी बलात्कारका घटनाहरु हुने गरेका छन् । बलात्कारका घटनाहरु हुनुका अन्य कारणहरूमा पुरुषहरु वैदेशिक रोजगारीको लागि विदेश जानु, स्कुल तथा कलेजमै व्वाईफ्रेन्ड र गर्लफ्रेन्ड पश्चिमा संस्कृतीको विकास हुनु अनि विवाह नगरी सँगै बस्नु (लिभिङ टुगेदर) का कारणले पनि बलात्कारको घटना हुने गरेको छ ।
अझै पनि धेरै स्थानमा घटनालाई दबाउने तथा पीडितले सामाजिक अपहेलना बेहोर्नुपर्ने अवस्था रहेकाले कतिपय घटना बाहिर आउन नसकेको उनको बुझाइ छ।नेपालमा १० वर्ष द्वन्द्वपछि धेरैखाले अपराध गर्नेहरूलाई उन्मुक्ति दिइएकाले पनि कानुन लाग्दैन भन्ने प्रवृत्ति विकास भएको बुझाइ छ।तर अझै पनि धेरै स्थानमा घटनालाई दबाउने तथा पीडित महिलाले सामाजिक अपहेलना बेहोर्नुपर्ने अवस्था रहेकाले पीडितहरू बाहिर निस्कन नसकेको उनको बुझाइ छ।
नेपाल प्रहरीका अनुसार विशेषगरी किशोरी र बालबालिकाहरू बलात्कारको जोखिममा पर्ने गरेका छन्।त्यसमा पनि अभिभावक टाढा रहेका, पारिवारिक विखण्डन भएका, गरिब तथा विपन्न र दलितलगायतको समूहका बालबालिका बलात्कारको उच्च जोखिममा रहने गर्छन्।प्रहरीमा आएका उजुरीका घटना हेर्दा बलात्कारबाट पीडित हुनेमा १८ वर्षभन्दा कम उमेरका धेरै छन्।







