काठमाडौं, असोज २६ — देशभर फैलिएको जेन–जी आन्दोलन पछिको राजनीतिक अन्योल अन्त्य गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एकीकृत समाजवादी निकट अनेरास्ववियूयुवा संघ नेपाल ले संयुक्त रूपमा १३ बुँदे मागसहित दबाबमूलक विज्ञप्ति सार्वजनिक गरेका छन्।

संयुक्त विज्ञप्तिमा दुबै संगठनले हालको सरकारले अपनाएको कार्यशैली, बढ्दो भ्रष्टाचार, जनतामाथिको दमन र राज्य संयन्त्रभित्र देखिएका प्रणालीगत विकृतिप्रति कडा असन्तोष प्रकट गरेका छन्। उनीहरूले जनताको भावना बुझ्न, आन्दोलनका वैध मागहरू सम्बोधन गर्न र शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउन सरकारलाई सचेत गराएका छन्।

विज्ञप्तिमा युवालाई नीति निर्माणको मूलधारमा सहभागी गराउने, शिक्षा र रोजगारीका अवसर विस्तार गर्ने, भ्रष्टाचारविरुद्ध कडा कानुनी कारबाही गर्ने र जनतामुखी शासन प्रणाली सुनिश्चित गर्ने मागहरू समावेश छन्। साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र मूल्य बचाउन सबै राजनीतिक दलहरूलाई जिम्मेवार र संयमित रहन आह्वान गरिएको छ।

दुवै संगठनले चेतावनी दिएका छन् कि युवाको आवाजलाई बेवास्ता गरिए आन्दोलनको रूप अझ व्यापक र सशक्त बन्न सक्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय