बूढानीलकण्ठ – समायोजन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं गौरवमय वर्षमा प्रवेश गर्दै विशेष कार्यक्रमको आयोजना गरी उत्सव मनाएको छ। बुढानीलकण्ठ नगरपालिका-३, नारायणस्थानस्थित शिवपुरी ब्याङ्क्वेटमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी थिए। कार्यक्रममा विजयादशमी, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा शेयर सदस्यहरूबीच शुभकामना आदानप्रदान र चियापान कार्यक्रम सम्पन्न गरिएको थियो।

संस्थाका अध्यक्ष दामोदर पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा विशिष्ट अतिथिमा नगर उपप्रमुख अनिता लामा रहेका थिए । कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरू, बुढानीलकण्ठ सहकारी शाखाका प्रमुख, विभिन्न स्थानीय सहकारीका अभियन्ताहरू, समाजसेवीहरू, पत्रकारहरू लगायत सदस्यहरु समेत गरि करिब ५०० जनाको उपस्थिति थियो। यसैगरी, अतिथिहरूमा बूढानीलकण्ठ नगरपालिका वडा अध्यक्षहरु क्रमश १ देखि १३ वडाका रहेको साथमा राजाराम बुढाथोकी, श्रीकृष्ण श्रेष्ठ र भाइनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

नगर प्रमुख अधिकारीले सहकारी संस्थाका शेयर सदस्यहरूलाई ढुक्क भएर बचत गर्न आग्रह गर्दै, संस्थाको व्यवस्थापन र सञ्चालनमा पूर्ण सक्रियता देखिनु आवश्यक रहेको बताए साथै संस्थाको सबै समिती र उपसमितिहरु पनि क्रियाशिल रहनुपर्ने बताएका थिए । उनले नगरपालिकाले सहकारी क्षेत्रलाई सबल बनाउन सहयोग गर्ने र कुनै समस्या उत्पन्न भएमा समाधानका लागि नगरले कडा कदम उठाउने प्रतिवद्धता समेत जनाएका थिए ।

 

कार्यक्रम सञ्चालन मन्दिरा तिमिल्सिनाले गरेकी थिइन्। अध्यक्ष दामोदर पौडेलले संस्थाको १६ औं वर्षमा प्रवेश गर्न पाउँदा अत्यन्तै खुशी व्यक्त गर्दै, संस्थाले कठिन समयमा शेयर सदस्यहरूलाई सधैं साथ दिएको र भविष्यमा पनि सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका अतिथिहरूले पनि समायोजन सहकारीलाई नगरपालिकाको उत्कृष्ट सहकारीमध्ये एक भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रमले सहकारीको आगामी यात्रा अझ सफल र प्रभावकारी हुने विश्वास जगाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय