जेठ २३, आइतबार नेप्से परिसूचक २९०० विन्दुमा माथि पुग्दै नयाँ हाइ रेकर्ड बनाएको छ। आइतबार पहिलो दिन नेप्सेसँगै कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको हो ।

 

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५०.१३ अंक बढ्दै १.७५४७ % ले बढ्दै २९०६.८९ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो। यस अघि नेप्सेले गत साताको अन्तिम कारोबार दिन नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई तोड्दै नेप्सेले यस दिन नयाँ रेकर्ड बनाएको हो।

 

यस दिन नेप्सेसँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्सले पनि नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ७.८८ अंक बढेर ५२०.९९ विन्दुमा पुगेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स यस दिन ४.११ अंक बढेर २०१.३५ विन्दुमा र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४२ अंक बढेर १७२.८१ विन्दुमा पुगेको छ।

 

आइतबार बजारमा सबैभन्दा बढी रकमको शेयर खरिदबिक्री भएको छ। यस दिन २१८ कम्पनीको १ लाख ७१ हजार ६० पटकको कारोबारमा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँ बराबरको ३ करोड ७४ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 

महिला लघुवित १०% बढेर हुदा ४ कम्पनी को ९% भन्दा बढी शेयर मूल्य बढेको छ भने तसै गरि राधी बिधुत कम्पनीको शेयर मुल्यमा ८.५६ % ले घटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय