असार २९ / मंगलबार सुन र चाँदी दुबैको भाउ सामान्य बढेको छ । यस दिन सुनको भाउ तोलामा २०० र चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै शुक्रबार चाँदीको भाउ पनि सामान्य बढेको छ। शुक्रबारको लागि महासंघले चँदीको भाउ प्रतितोला १ हजार ३२० रुपैयाँ तोकेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भएको थियो।







