नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार  सुनचाँदी दुबैको भाउ बढेको छ। शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

महासंघका अनुसार अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार ९०० र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय