काठमाडौँ, असोज २९ —
नेपाल र ओमानले आगामी आइसिसी टी–२० विश्वकप २०२६ मा आफ्नो स्थान सुनिश्चित गरेका छन्। बुधबार ओमानमा सम्पन्न सुपर सिक्स चरणमा युएईले सामोआलाई हराएपछि अंकको आधारमा दुवै टोली विश्वकपमा छनोट भएका हुन्।

योसँगै विश्वकपमा खेल्ने २० टोलीमध्ये १९ टोलीको टुंगो लागेको छ। विश्वकप सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुनेछ।

नेपालको यो तेस्रो र ओमानको चौथो सहभागिता हो। नेपालले यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो भने ओमानले २०१६, २०२१ र २०२४ मा सहभागिता जनाइसकेको छ। यस पटक नेपाल लगातार दोस्रो पटक विश्वकपमा पुगेको छ, जुन नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि हो।

एसिया तथा एसिया प्यासिफिक छनोट अन्तर्गत नेपाल र ओमानले समान ३ खेलबाट ६–६ अंक हासिल गरेका छन्। दुवै टोलीबीच अहिले पौने ९ बजे भिडन्त हुँदैछ, जहाँ नेपालले आफ्नो अन्तिम खेल सामोआविरुद्ध खेल्ने तालिका छ।

यसैबीच, युएईले चार खेलबाट ४ अंक जोडेको छ भने कतार र जापानले समान २–२ अंक पाएका छन्। सामोआ भने तीन खेलमा पनि अंकविहिन छ। बाँकी सुपर सिक्स चरणबाट युएईसँगै जापान वा कतारमध्ये एक टोलीले अन्तिम विश्वकपको टिकट पाउनेछ।


📰 Bagmati Manch Digital
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद समाचारका लागि निरन्तर अपडेट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय