असार १७,काठमाडौं । बिहिबार छापावाल सुनको मुल्य ८०० रूपैयाँले बढेको छ ।
बुधबार प्रतितोला ९० हजार रुपैयाँ कायम भएको सुन, आज भने ८०० रूपैयाँले बढेर ९० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदीको मुल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएकोमा आज भने २० रूपैयाँले बढेर १३ सय १० रूपैयाँ कायम भएको छ ।







