काठमाडौ,असार ५ गते
नेपाल राष्ट्र बैंक बाट पाँचवर्षे विकास ऋणपत्र जारी गर्ने भएको छ नेपाल सरकारले रु १५ अर्बको पाँचवर्षे विकास ऋणपत्र २०८४ “छ” को बिक्री बोलकबोल सम्बन्धित सूचना निकालेको हो २०७९ साल असार ०७ गतेका दिन निस्कासन गरिने भएको छ।
इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको अन्लाईन बिड्डिङ्ग सिस्टम सफ्टवेयर मार्फत बोलकबोल पेश गर्ने सकिने छ।
जारी गरिएको ऋणपत्रको बोलकबोलमा बैंक तथा वितिय संस्था, गैर-बैंक वितिय संस्था बिमा कम्पनी लगायत नेपाली नागरिकले भाग लिन सक्नेछ।
ऋणपत्रको बारेमा थप जानकारी प्राप्त गर्नको लागि र प्रक्रिया बुझ्नको लागि नेपाल राष्ट्र बैंकको वेबसाईट www.nrb.org.np मा हेर्न सकिनेछ।







