नेपालको शेयर बजारमा  पूर्ण सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी भनी बुझिएको छ।

नेपाल बिघुत प्राधिकरण विद्युत् व्यापार अन्तरगत बिधुत उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । नेपालि जनताका लागि स्वामित्व पनि रहने गरि शेयर निस्कासन गर्दा अब त्यसमा जनताको पनि स्वामित्व रहने छ । उक्त बिषयमा नेपाल बिधुत प्राधिकरण का कार्यकारी निर्देशक कुलमान घिसिङले शेयर जारी गर्ने विषयमा छलफल भएको भनी पनि आज बढाइएको हो।

उहाँको अनुसार अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वीकृति दिएपछि शेयर निष्कासन गरिने छ ।आवश्यक प्रक्रिया पूरा भएपछि शेयर निष्कासन गर्नेछौं ।’ सरकारको स्वीकृतिमा नेपाल विद्युत् प्राधिकरण ऐनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई शेयर जारी गरिने उनको भनाइ छ ।नेपालको शेयर बजारमा सरकारको पनि स्वामित्व रहेको मध्य नेपाल टेलिकम पनि हो भने बिधुत प्राधिकरणको सर्बसाधारणका लागि निष्कासन बाट थप एक सरकारको स्वामित्व अन्तर्गतको बजारमा थपिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय