बिश्वमा कोरोनाको कहरले आक्रान्तले केही राहत महसुस भएसङ्गै अहिले फेरि यसको नया सवभेरियन्ट देखापरेको छ। नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो ।

गत २१ साउन देखि १४ असोजसम्म कोभिड–१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाको छनौट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । एक्सबीबी अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय