गैर-आवासिय नेपाली संघ पोर्चुगलमा महाअधिवेशन मार्फत २०२३ देखि २०२५ सम्मका लागि भनि नया ५१ जनाको जम्बोटोलि कार्यसमितीको घोषणा भैसकेको अवस्था छ भने सामाजिक संजालभरी बधाईको ओइरो लागेको यतातता देख्न पाउछौ। ठुल-ठुला समस्या, बेथितिको अन्त्यका साथमा कार्यसमितिले राम्रो कार्यसम्पादन गर्ने सकेको खण्डमा संघप्रती पोर्चुगलबासी नेपालीहरुको नकारात्मक धारणा, बुझाइ र सोचाइमा परिवर्तन ल्याउने यो अवसर पनि रहेको छ ।

यस अघिको कार्यसमिती अर्थात २०२१ देखि २०२३ सम्मको कार्यसमितिले कार्यभार हस्तान्तरण गरि बिदाई भएको छ भने नया समितिलाई बधाईका साथमा स्वागत गरिएको छ ।

विशेषत पोर्चगलमा नेपालीहरुको वास्तविक तथ्यांक नभेटिदा अनुमानको भरमा आकलन गर्दा ८०औं हजारौको हाराहारीमा रहेको अनुमान गरिएको छ यत्रो नेपालिहरु रहदा पनि हालसम्म गैर-आवासिय नेपाली संघ पोर्चुगलले सार्वजनिक गरिएको आधिकारिक गैर आवासिय संघमा आवद्धहरु तथ्यांक भने हजार जना पुगनपुग पनि नहुनु बास्तबमा किन यति कम नेपालीहरु आबद्ध भएको भनी मूल्याकंन गर्दा किन यति धेरै चासो नदिएको वा बितिर्सना जागेको भनी हामीले केही ब्यक्तिहरु सङ्ग प्रशन गर्दा नकारात्मक आरोप र प्रत्यारोप लागेको पायो भने अहिलेसम्म नेतृत्व गरिरहेका समितीहरुले संघमा आवद्ध हुनुको मुख्य फाइदा वा अझ भनौ गैर आवासिय हुँदा भोलीका दिनमा कुनै समस्या पर्दा उद्दारक लागि पनि महत्त्वपूर्ण छ भनि ग्राउन्ड लेबलसम्म संस्थाको महत्त्व र गरिमा बुझाउन असफल भएको निष्कर्ष निकाल्दा फरक नपर्ला ।

पोर्चुगलमा किन नेपालीले नेपालीलाई समस्या पर्दा परदेशमा समेत साथ र सहयोग गर्नु भन्दा बाध्यताको फाइदा उठाइ व्यापक ठगी गरेको, काममा लाउने भन्दै रकम असुल्ने र सम्पर्क बिहिन भएको भनी हामीले सामजिक संजालका भिताहरुमा यत्रतत्र देख्न सक्छौ साथै अहिले कतिपय नेपालीहरु विभिन्न आपाराधिक क्रियाकलापम सग्लन भएको घटनाहरु सार्वजनिक भैरहेको र पोर्चुगल ल्याउने भन्दै मानव तस्करी जस्तो जघन्य अपराधको जालोको रुपमा नेपालीहरुलाई परिदै छ यो आफैमा अत्यन्त संबेदनसिल विषय हो सो विषयमा गैर-आवासिय नेपाली संघका साथमा नेपालि राजदुतावास पोर्चुगलमा नहुदा फ्रान्सको राजदुतावासले हेर्न हुँदा यो विषयमा कतिको जानकारी छ वा जानकार भएर पनि कारबाहीको दायरामा ल्याउन नसकेको यो अहिले पोर्चुगलमा रहेका आम नेपालीहरुले गर्न सामान्य प्रश्न बनेको छ ।

अहिले नेपालीहरुको युरोप महादीपको पोर्चुगल देशमा चाप अत्याधिक बढेको छ भने यसबाट थप कठिन र समस्या सृजना हुनेवाला पक्कै छ यो विषयप्रती कतिको गैर-आवासिय नेपाली संघ पोर्चुगल र सम्बन्धि सरोकार राख्ने अझ भनौ नेपालीहरुको अभिभावकत्व ग्रहण/ तालुक राख्ने निकाय महाधिवेशन पश्चात पदभार लिएर बधाईमात्र थाप्ने होकि आम नेपाली परदेशीहरुको हरेक समस्याको समाधानका लागि मलहम बन्ने हो आम पोर्चुगलमा रहेका नेपालीहरुले चासोको साथमा हेरिरहेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय