काठमाडौं, २० भदौ –  आज पनि सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन। अघिल्लो दुई दिनजस्तै आज पनि सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको प्रतितोला मूल्य १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। यससँगै सुनको मूल्य लगातार तीन दिनदेखि स्थिर रहेको हो।

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ नै रहेको थियो। सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्यमा भने आज थोरै वृद्धि भएको छ। चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनको स्थिरता र चाँदीको मूल्य वृद्धिसँगै बजारमा यो स्थिरता कति दिन कायम रहन्छ भन्नेमा व्यवसायीहरू र लगानीकर्ताहरूले चासो व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय