आईसीसी महिला टी–२० विश्वकपको महत्वपूर्ण खेलमा अष्ट्रेलियाले भारतलाई ९ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले २० ओभरमा १५१ रनको स्कोर बनाएको थियो। जवाफमा, भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो। रोमाञ्चक खेलमा भारतीय कप्तान हरमनप्रीत कौरले ५४ रन बनाए तापनि टोलीलाई जीत दिलाउन सकिनन्। शफाली वर्माले २० र दीप्ती शर्माले २९ रनको योगदान दिइन्।

अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो, जहाँ ग्रेस ह्यारिसले सर्वाधिक ४० रन बनाइन। तालिया म्याकग्रा र एलिस पेरीले पनि ३२–३२ रनको योगदान गरिन्। भारतका लागि रेणुका सिंह र दीप्ती शर्माले २–२ विकेट लिइन्।

यो हारसँगै भारतको सेमिफाइनल यात्रा कठिन बनेको छ। आज न्युजिल्यान्ड र पाकिस्तानबीच खेल हुँदैछ, जसमा भारतको सेमिफाइनलमा पुग्न न्युजिल्यान्डले पाकिस्तानसंग ठूलो अन्तरले हार्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय