काठमाडौं, असार २७ ।
दुर्गेश थापाको स्वरमा रहेको नयाँ गीत ‘जाने भए जाम माया’ ले युट्युबमा धमाकेदार सफलता हासिल गर्दै रिलिजको २४ घण्टामै १८ लाखभन्दा बढी भ्यूज बटुल्न सफल भएको छ। यससँगै गीतले २४ घण्टामा सबैभन्दा धेरै भ्यूज पाउने नेपाली गीतको नयाँ कीर्तिमान कायम गरेको छ।

हाल गीत युट्युबको ट्रेन्डिङ नम्बर १ मा रहेको छ।

गीतमा गायक दुर्गेश थापासँगै चर्चित कन्टेन्ट क्रिएटर सिसन बानियाँ र टिकटकमार्फत चर्चामा आएकी गुराँस नानी को विशेष उपस्थिति रहेको छ। गुराँस नानीको सरल अभिनय र सिसन बानियाँको प्रभावशाली अभिव्यक्तिले भिडियोमा भावनात्मक गहिराइ थपेको छ।

गीतमा प्रेम, पीडा र वियोगको कथाको रुपमा प्रस्तुत गरिएको छ, जसले दर्शकको मन जितेको छ। सन्देशमूलक भिडियो, सशक्त निर्देशन, र दुर्गेशको मेलोडियस स्वरले गीतलाई सम्पूर्ण बनाएको छ।

दुर्गेश थापाका अघिल्ला भाइरल गीतहरू जस्तै ‘बीच सडकमा’, ‘बिच बिचमा’पछि ‘जाने भए जाम माया’ ले उनको सांगीतिक यात्रामा अर्को ठूलो सफलता थपेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय