बूढानीलकण्ठ // बुढानीलकण्ठ नगर अस्पतालमा बढ्दो बिरामीको भिडलाई मध्यनजर गर्दै, अस्पतालको सेवामा सुधार ल्याउन महत्वपूर्ण कदम चालेको छ। हालै, अस्पतालले आफ्नो प्रमुख भवनबाट बाहिर एक नयाँ संरचनामा विभिन्न काउण्टर र सेवाहरू स्थानान्तरण गरेको छ। यस अन्तर्गत बील काट्ने काउण्टर, बीमा सेवा सुविधा काउण्टर, इमर्जेन्सी काउण्टर र फार्मेसी सेवा अहिले अस्पतालको मुख्य भवनबाट कम्पाउण्डभित्रै रहेको नयाँ संरचनामा स्थानान्तरण भएका छन्।
यस स्थानान्तरणले अस्पतालमा आउने सेवाग्राहीहरूको भिड कम गरि सेवा व्यवस्थापनलाई सहज र द्रुत बनाउनमा मद्दत पुर्याउने विश्वास गरिएको छ। अब, बिरामी र अन्य सेवाग्राहीहरूले छुट्टै स्थानमा सेवाहरू प्राप्त गर्न सक्नेछन्, जसले गर्दा प्रमुख भवनमा थुप्रिएको भिडको समस्या कम हुनेछ।
यस सुधारात्मक कदमले बुढानीलकण्ठ नगर अस्पतालमा हुने सेवामा प्रभावकारीता ल्याउने अपेक्षा गरिएको छ र बिरामीहरूको स्वास्थ्य सेवामा अझ बढी सुधार हुनेछ भन्ने विश्वास गरिएको छ।







