काठमाडौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन एक दिन बाँकी रहँदा प्रमुख सत्तारूढ दल नेपाली काङ्ग्रेस  ले संसदीय रणनीति तय गर्न संसदीय दलको बैठक बोलाएको छ।

पार्टीका अनुसार बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ। बजेट अधिवेशनका क्रममा संसदमा पार्टीको भूमिका, धारणा तथा प्रस्तुतिको रणनीतिबारे बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संघीय संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ। बजेटअघि कांग्रेसले संसदीय दलको बैठक डाक्नु राजनीतिक तथा आर्थिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय