माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो दिवंगत छोरा स्व. प्रकाश दाहालको जन्म दिनको अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

जन्मदिनको स्मरणमा प्रचण्डले स्व. प्रकाशप्रति श्रद्धासुमन व्यक्त गर्दै भावुक शब्दहरूमा स्मरण गरेका छन् । उनले लेखेका छन्, “समाज परिवर्तनको कठिन यात्रामा तिमी सधैं साथ थियौ । आज पनि तिम्रो सम्झना, योगदान र स्नेहले मलाई अगाडि बढ्न प्रेरणा दिन्छ ।”

स्व. प्रकाश दाहालको निधन २०७४ सालमा हृदयघातका कारण भएको थियो । उनी आफ्ना पिता प्रचण्डका निजी सचिवका रूपमा समेत सक्रिय थिए प्रचण्डले छोरा गुमाएको पीडा अझै पनि गहिरो रहेको उल्लेख गर्दै प्रकाशको जीवन आदर्श बनेर बाँकी यात्रामा प्रेरणादायी रहेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय