सुवास श्रेष्ठ
काठमाडौं, कात्तिक ६ — जेन्जी आन्दोलनको क्रममा संसद भवनदेखि सर्वोच्च अदालतसम्म आगजनी भएका घटनाले देशलाई हल्लाइदिएको थियो । सो क्रममा देशको अर्बौं मूल्य बराबरको सार्वजनिक सम्पत्ति जलेर खरानी भएको छ भने, देशको राजनीतिक अवस्थामै परिवर्तन ल्याउने तहको उग्र आन्दोलनले अहिले नयाँ बहस जन्माएको छ यो आन्दोलन स्वतःस्फूर्त थियो कि योजनाबद्ध?

यही बीचमा रास्वपा नेता गणेश पराजुलीले संसद भवन जल्नुभन्दा केही क्षण अघि लेखेको फेसबुक स्टाटस विभिन्न सञ्चार माध्यमले सार्वजनिक भएको छ, जसले यो आन्दोलनमा केही ठूला र समाजमा नाम कहलिएका कलाकारहरूको प्रत्यक्ष संलग्नता देखाएको प्रमाणका रूपमा हेरिएको छ।

पराजुलीले लेखेका थिए —

“बानेश्वरमा गोली चल्न बन्द भएको छ। म सुमना  निश्चल बस्नेत र दीपक राजगिरी ? नवराज पराजुली लगायत र रिजन, प्रदीप, मनिष, रक्षा लगायत जेनजीका नेताहरू धेरै जनासँगै र सुरक्षित छौं। संसद भवन जल्न सुरु भएको छ, सुरक्षित रहनुहोला, अडिक रहनुहोला।”

यो स्टाटसले स्पष्ट रूपमा देखाउँछ कि संसद भवनमा आगजनी सुरु हुनु अघि नै केही प्रमुख व्यक्ति आन्दोलनको ‘भीत्रको स्थिति’ सँग प्रत्यक्ष सम्पर्कमा थिए, र उनीहरू घटनास्थल वरिपरि उपस्थित थिए भन्ने संकेत गर्दछ।

सार्वजनिक सम्पत्ति जलाउने, सरकारी संरचना आक्रमण गर्ने र सुरक्षाकर्मीमाथि समेत आक्रमण गर्ने घटनाहरूमा कलाकारदेखि राजनीतिक नेतासम्मको सहभागिता देखिनु, अहिलेको अवस्था अनुसार गम्भीर अपराध मानिएको छ।सरकारले हाल सीसीटीभी फुटेज र भिडियोहरूका आधारमा आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा आगजनी गर्नेहरूलाई पहिचान गरी धमाधम पक्राउ प्रक्रिया अगाडि बढाएको छ।

यसअघि पनि आन्दोलनका क्रममा निश्चल बस्नेत, दीपक राजगिरी लगायतका कलाकारहरू विभिन्न आन्दोलनकारीहरूसँग बसेर फोटो खिचाएको दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए, जसले उनीहरूलाई “उग्र आन्दोलनलाई समर्थन गर्ने” आरोपमा तानिएको हो।

विश्लेषकहरूका अनुसार,“यो आन्दोलन अब केवल युवा असन्तुष्टि होइन, योजनाबद्ध राजनीतिक षड्यन्त्रको रूपमा उजागर हुँदैछ। संसद जलाउनेदेखि अदालतमाथि आक्रमणसम्म पुगेको आन्दोलनले कानुनी हिसाबले उग्र रूप लिएको छ।”

अब प्रश्न उठेको छ  यो देश परिवर्तनका लागि गरिएको आन्दोलन थियो कि राजनीतिक स्वार्थका लागि गरिएको विध्वंस?सरकार र सुरक्षा निकायका अनुसार, आगामी दिनहरूमा सार्वजनिक सम्पत्ति जलाउने र हिंसात्मक गतिविधिमा संलग्न जो कोही भए पनि कानुनी कारबाहीबाट उम्कन पाउने छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय