पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी आरोपमा पक्राउ गरिएको छ, र उनीमाथि अनुसन्धानका लागि ६ दिनको म्याद थपिएको छ।
उनलाई सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ गरिएको हो। लामिछानेलाई शुक्रबार काठमाडौंको पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी सोही दिन राति पोखरा पुर्याइएको थियो। शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आज मात्रै अदालतमा पेश गरिएको हो।
अदालतमा पेश गर्नुअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा समर्थकहरू जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडितहरूको उपस्थिति देखिएको थियो।







