काठमाडौं, असोज २७ —
देशभर फैलिएको जेनेरेसन–जेड (Gen–Z) आन्दोलनपछि राजनीतिक र सामाजिक वृत्तमा ठूलो हलचल मच्चिएको छ। यही संवेदनशील परिस्थितिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो गहिरो दार्शनिक कविता “सत्यको कुनै नाम हुँदैन” फेसबुक मार्फत सार्बजनिक गरेक छन।
यो कविता यतिबेला चर्चाको केन्द्र बनेको छ, किनकि देशमा भइरहेको आन्दोलन पछिको परिस्थितिको बीच मेयरमाथि युवाहरूमाथि हिंसा भड्काएको आरोप लागेको छ। रिपोर्टहरूका अनुसार आन्दोलनका क्रममा ७० भन्दा बढी युवाको मृत्यु भएको बताइँदैछ, जसले देशलाई स्तब्ध बनाएको छ।
राजनीतिक वृत्तमा बालेनमाथि आरोप र आलोचना दुवै तीव्र बनेका छन्। एमाले र नेपाली कांग्रेस दुबै दलले उनलाई प्रत्यक्ष र परोक्ष रूपमा आन्दोलन उक्साएको भन्दै सार्बजनिक सम्पत्तिमा आगजनी भएको लगायत मुद्दाहरु दायर गरेका छन्।
तर, यस्तो गम्भीर आरोपबीच सार्वजनिक भएको उनको कविता “सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन” ले फरक सन्देश दिएको छ — यो कविता आत्मबोध, विनम्रता र सत्यप्रतिको समर्पणमा आधारित रहेको भनिरहेका छन भन्र केहिले किसान लाई फोहोरी भनी गिजोलिएको भनी ब्याख्या गरेका छन ।
कवितामा बालेनले लेखेका छन्:
“मिथ्याजस्तो ठूलो अभिमान, कुनै शान हुँदैन।
जलझैँ शीतल, फूलझैँ कोमल,
किसानझैँ फोहर, आकाशझैँ विशाल।”
यी पंक्तिहरूले देखाउँछ कि बालेनले सत्यलाई न त सत्ता, न त स्वार्थसँग जोड्न खोजेका छन् — बरु त्यसलाई मानवताको आत्मिक मूल्यका रूपमा चित्रण गरेका छन्।
राजनीतिक विवादका बीच पनि, बालेनको यो साहित्यिक अभिव्यक्तिले धेरै युवाहरूमा आत्ममन्थन र संवादको वातावरण सिर्जना गरेको देखिन्छ। कतिपयले यसलाई “संकटबीचको सन्देश” भनेका छन् भने अरूले “राजनीतिक संकटलाई ढाकछोप गर्न गरिएको प्रतीकात्मक कवितात्मक प्रयास” भनेर आलोचना गरेका छन्।देश राजनीतिक अस्थिरतामा डुबिरहेका बेला बालेन साहको यो कविता एउटा गहिरो प्रश्न उठाउँछ —
“सत्य के हो? सत्ता बोल्छ कि मौनता?”







