किन चुनिखेल बारम्बार समाचार को केन्द बिन्दुमा छ ? सकारात्मक भन्दा नकारात्मक टिकाटिप्पणी बढी गरिएको बारेमा सत्यतथ्य बुझ्न बुढानिलकण्ठ १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ  र हाम्रा सम्बादाता सुबास श्रेष्ठ सङ गरिएको बिस्तृत अन्तरबार्ता तल प्रस्तुत गरिएको छ।

अहिले किन चुनिखेल समाचार को केन्द्र बिन्दु भइरहेकै छ नि अध्यक्ष ज्यु?
अध्यक्ष: चुनिखेल लाइ लिएर अहिले केही सन्चार माध्यमहरुले बास्तबिकता नबुझेर यहाँ भएको बिकास को गतिविधिमा लाई केन्द्रमा राखेर र बिशेषत अहिलेको सरकारको बिकासको गतिविधि मननपराउने ले गरेको टिप्पणी हो यो र तसतै बिषयमा मात्र केन्द्रीकृत गरेको मैले अनुभब गरेको छु।

चुनिखेलमा के साच्चै समाचारमा आए जस्तै बिना स्वीकृतले प्लास्टिङ गर्न दिएको हो?संबंधित निकाय बाट स्वीकृत लिएको छ त ?
अध्यक्ष: यो प्रश्न सोध्नुभयो तस्को लागि धेरै धन्यवाद, मैले यो बिषय जोडन खोजेको थिए तपाईंले सोधनु भयो खुशी लाग्यो बास्तबमा यो कुरा के हो भने अहिले यस वडा मा जे जति ले काम हरु गरेको छन ती सबै ब्यसायीहरु ले सम्बन्धित निकाय बाट सिफारिस/स्वीकृत लिएर गरेको मैले पाएको छु यस नगरभित्र बिशेषत यस वडामा अहिले बाहिर बाट नया मान्छेहरुको बाक्लो बसाईसराइ गरि आएको पाएको छु मुलतः अरु ठाउँ भन्दा यहाँको शान्त र स्व्च्छ बाताबरण , स्वास्थको लागि उपलब्ध सुबिधा ,शिक्षाको सहज पहुच तथा शहरीकरणमा बिकास हुँदै गरेको र प्राय मान्छेहरु लाई चाहिने सुबिधाहरु उपलब्ध हुँदै गएकोले पनि होला, हिजोको दिनमा स्थानिय सरकार नबिसक्दा र बनिसकेपछि नै यो क्रमहरु चलेको हो लगभग ५ बर्ष अगाडि को चुनिखेल र अहिलेको चुनिखेलमा धेरै परिवर्तन भएको मैले पाए यहि ठाउँमा बाटोको समस्या यस्तो थियोे कि आकस्मिक बिरामी पर्दा एम्बुलेन्सको सुबिधा पाउन नसकेर बिरामीलाई इस्तेचरमा बोकेको अनुभव छ मलाई र साथै पानीको समस्या यति चरम थियोे कि भनेको बेला सार्वजनिक पानी धारामा नआउँदा आधा घण्टा को पैदल हिडि पानी लिन जानूपर्द थियो र  शिक्षा  क्षेत्रको नै कुरा गर्नु पर्दा यहाँ केही स्थानिय बिधालयहरु मात्र थियोे भने अहिले यहि ठाउँबाट एसईइ परिक्षामा नेपालको उत्कृष्ट नतिजा ल्याउन सफल बिधालयहरु पनि रहेकोे कुरा जानकारी गराउन चाहन्छु। समाज र सास्कृतिक पक्षलाई हेर्दा भत्क्न र जिर्णोदार भएका यहाका मठ-मन्दिरहरुको पुर्ण:निर्माण तथा युवाहरुको सक्रियतामा स्थानिय बाजागाजाको , संस्कृति – सम्पदाको सरक्षण गरि हामीले हाम्रो संस्कृती र धरोहरलाई जोगाउन पनि अहिले आएर सफल भएको म अनुभव गर्दछु।

 

मैले फेरि पनि तपाईंलाई पल्टिङग गरिएको विशषमा नै जोडन चाहे के पल्टिङग गर्दा बाताबरण पर्यावरण लाई असर गर्न गरि नै गरेएको हो त?
अध्यक्ष :- हेर्नुहोस म पनि एक सचेत नेपाली नागरिक नै हु मानिस र बाताबरणको सम्बन्ध बारे मैले पनि गहन अध्य्यन गरेको छु र बुझ्दछु पनि यस ठाउ भएको सार्वजनिक बनजङ्गल र पर्यावरण जोगाउने र संरक्षण गर्न अधिकार र उपलब्ध स्रोत साधनको उपभोग गर्न स्थानिय सरकार लाई प्रदान गरेको छ ।
बाताबरणलाई असर गर्न गरि कुनै क्रियाकलाप र बिना संबंधित  निकायको स्वीकृत नलिइ काम गरेको पाए भने कानुन बमोजिम जे ब्यवस्था गरिएको  छ सो बमोजिम कारबाही हुन्छ त्यो कुरामा ढुक्क हुनुहोस् ।
जग्गा प्लटिङ्ग को बिषयमा यस्तो हो यदि जग्गा धनी ले स्वघोषणा गरि र नेपाल सरकारले नेपाली जनतालाई सम्पती  उपभोग संबंधित  दिएको अधिकार प्रयोग गरि खेतीयोग्य जमिन नभई पाखो डाडालाई बस्न योग्य जमिन बनाउन पाउ भनी यदि कोहि नेपाली नागरिकले सिफारिस माग्न आउँदा मैले सिफारिस दिन्न भन्न मिल्दैन किनकी म पनि नेपालको कानुन  स्थानिय  सरकार  द्वारा  नै दिएको कर्तव्य,अधिकार र दायित्व   को अधिनमा   रहि वडा   प्रमुखको हैसियतले निर्बाह गर्नु पर्छ । म यति कुरा चाहिँ भन्न चाहन्छु यदि समबन्धित निकाय, सरोकार वाला नियमननिकाय बाट    स्वीकृति    नलिइ कोहि ब्यवसायीले काम गर्दछ भने तस्ता ब्यवसाय विरुद्ध तुरुन्त हामी नै कारबाहीको सिफारिस गर्दछौ।

यो हाम्रो अन्तिम प्रश्न रहेको छ तपाई लाई लागेको र लगाइएको आरोप के हो त? हामी तपाईं बाट नै सुन्न चाहन्छौ र समग्र रुपमा तपाईंबाट यस बिषयलाई प्रष्ट पारिदिनु होला।
अध्यक्ष:-मैले तपाईंको पहिलो प्रश्नमा नै जवाफ दिई सके अहिले सरकारको बिकासको गतिविधि मननपाउने र बिरोधि मानसिकता बोकेका ब्याक्तीहरु ले लगाएको आरोप हो यो मैले अघि नै भनी सके म कानुन भन्दा माथी होइन कानुन द्वारा वडा प्रमुखलाई दिएको अधिकार कर्तव्य र दायित्वमा रहि काम गर्न हो मैले यदि म माथी लगाइका आरोपहरु पृस्टीगर्नु भयो भने म सजाय भोग्न तयार छु र यो पनि भन्न चाहन्छु कि मेरो जनता प्रती मेरो वडा प्रतीको मैले गर्नु पर्न र खेल्नु पर्न सकारात्मक भुमिका खेल्न जहिले तयार रहेको छु मेरो मनोबल गिर्नेवाला छैन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय