बूढानीलकण्ठ, काठमाडौं — बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ ले नौलिन भद्रकाली जात्राको आगमनसँगै क्षेत्रको सौन्दर्य र उत्साह बढाउन विभिन्न चोक–चोकमा गमलामा फूल रोप्ने कार्य सम्पन्न गरेको छ।
वडा अध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश) को नेतृत्वमा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। चोकहरूमा रंगीन फूल रोपिएपछि जात्राको माहोल थप उल्लासमय बनेको स्थानीयहरूले बताएका छन्।
नौलिन भद्रकाली जात्रा बूढानीलकण्ठ नगरपालिकाको महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक हो, जसले स्थानीय परम्परा, आस्था र सामाजिक एकतालाई झल्काउँछ। जात्रालाई थप आकर्षक र व्यवस्थित बनाउन वडा कार्यालयले सौन्दर्यकरणका यस्ता पहलहरू गर्दै आएको जनाएको छ।
यसैक्रममा, आज बिहान ७ बजे गाम्चा ओरालो रेलिङ गमला र टुसाल वडा रेलिङ क्षेत्रमा पनि बिरुवा रोप्ने कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सहभागी हुन वडा कार्यालयले सम्पूर्ण स्थानीयवासीलाई हार्दिक निमन्त्रणा दिएको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई वडा कार्यालयले धन्यवाद ज्ञापन गरेको छ।







