आम निर्वाचन आउन तिन दिन मात्र बाँकी रहँदा काठमाडौं -४, मा गठबन्धनका दुई लोकप्रिय उम्मेद्वार प्रतिनिधिसभाको लागि गगन थापा र प्रदेशसभा -२, का लागि कुसुम कुमार कार्किको जीत सुनिश्चित भएको छ ।
व्यापक जनसमर्थन पाउन सफल यि दुई उम्मेद्वारहरुलाई घरदैलोमा जनताहरुले प्रधानमन्त्री र मुख्यमन्त्रिको रुपमा चित्रण गर्न थालेका हुन । विकासप्रेमि यि दुई नेताहरुको नेतृत्वमा नै यस क्षेत्रको मुहार फेरिने आम युवा मतदाताहरुको भनाइ घरदैलोमा जाने क्रममा हामीले सुन्यौँ ।उत्साहजनक रुपमा उर्लिएका नागरिकहरु स्वच्छ छवि भएका थापा र कार्कीले यस अघि पनि विकासका थुप्रै पहल गरेको बताउँछन ।नजिक आएको निर्वाचनको मितिसँगै आम मतदाताहरुसँग गरिएको डाटा विश्लेषणबाट थापा र कार्कीले सहज जीत निकाल्ने देखिन्छ । यता एमाले भने मैदानमा भेटिएको छैन ।







