काठमाडौँ । हास्यकलाकार तथा अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ ले आफूले चलचित्र ‘माग्ने राजा’ मा ६१ लाख पारिश्रमिक लिएको भनाइको खण्डन गरेका छन् । हालै एक अन्तरवार्तामा उनले ६१ लाख पारिश्रमिक लिएको विषय हाइप मात्र भएको स्पष्ट पारेका छन्।

“निर्माताले प्रचारका लागि भनेको हो, मैले त्यत्रो पैसा लिएको छैन,” माग्नेबुढाले भने, “यदि कसैले प्रमाणित गर्न सक्यो भने, म उनलाई ६१ लाख दिन तयार छु ।”

चलचित्र ‘माग्ने राजा’ का निर्माता-निर्देशकहरूले कलाकारलाई आकर्षक पारिश्रमिक दिएको भन्दै प्रचार गरेपछि यो विषयले चर्चा पाएको थियो। सामाजिक सञ्जाल र मिडियामा समेत केदार घिमिरेले इतिहासकै सबैभन्दा महँगो पारिश्रमिक लिएको भनेर चर्चा चलिरहेको थियो। तर माग्नेबुढाले त्यो दाबी सिधै अस्वीकार गरेका छन्।

चलचित्र ‘माग्ने राजा’ हाल निर्माणको अन्तिम चरणमा रहेको छ भने माग्नेबुढाको मुख्य भूमिका रहेको यो फिल्मले बजारमा कस्तो प्रतिक्रिया पाउने हो भन्ने उत्सुकता थपिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय