बूढानीलकण्ठमा तेस्रो किसुन जि स्मृती खुल्ला हाफ म्याराथन प्रतियोगिता हुँदैछ खेल र खेलकुदलाई प्रोत्साहन गर्ने हेतुले तेस्रो किसुन जि स्मृती राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता २०८० आयोजना हुने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा आयोजना हुने उक्त बृहत् कार्यक्रममा खुल्ला हाफ म्याराथन प्रतियोगितामा प्रतियोगीहरुलाई पुरस्कार राशीको समेत ब्यवस्था गरिएको छ ।
तेस्रो किसुन जि स्मृतीमा आयोजना हुने उक्त महिला र पुरुष खुल्ला प्रतियोगितामा बिजयी प्रथम, दोस्रो र तेस्रो प्रतियोगीहरु लाई नगद राशी ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार समेत रहेको छ।
यहि मिति २०८० चैत १७ शनिबारको दिन हुने हाफ खुल्ला म्याराथन प्रतियोगिता बूढानीलकण्ठ नगरपालिकाको गोल्फुटार अवस्थित बास्केटबल कोर्टमा बिहानको ७ बजे उक्त कार्यक्रम हुने भएको हो ।







