काठमाडौं – अखिल (क्रान्तिकारी) बागमती प्रदेशको दोश्रो सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनबाट नयाँ नेतृत्वको चयन गर्दै संगठनलाई थप मजबुत बनाउन नयाँ योजनाहरू प्रस्तुत गरिएका छन्।
अर्जुन पौडेलको नेतृत्वमा चयन गरिएको यो नयाँ समिति संगठनलाई थप ऊर्जाशील बनाउने उद्देश्यले गठित गरिएको हो। पौडेललाई अध्यक्षमा निर्वाचित गरिएको छ भने पाँचजना उपाध्यक्षहरूको टोलीले उनलाई सघाउने छन्। उपाध्यक्षमा सन्तोष चौहान, हरि बहादुर खड़का, अस्मिता ठकुरी, ममता पाण्डे, र क्षेत्र कुमार तम्मांग चयन भएका छन्।
प्रमुख सचिवको जिम्मेवारी बिजय लामालाई दिइएको छ भने सचिवको भूमिकामा बिजय घिमिरे, रितिक राज गिरी, बीबेक कार्की, उर्मिला तमाँग, र विज्ञान दोरजे बलले योगदान दिने छन्। कोषाध्यक्षमा अनीता कुमारी श्रेष्ठको चयन गरिएको छ।
नयाँ नेतृत्वलाई संगठनका विभिन्न नेताहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। बिशाल खड्का, अमृत खड्का, सरल सहयात्री, र इराज राउतले पनि सम्पूर्ण निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै आगामी दिनमा संगठनलाई अझ मजबुत बनाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
अखिल (क्रान्तिकारी) बागमती प्रदेशको यो नयाँ समिति आगामी दिनमा संगठनलाई थप सशक्त बनाउने योजनामा केन्द्रित रहेको बताइएको छ।







