अपि पावर कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ। कम्पनीले ९ प्रतिशत लाभांश र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि दिने गरेको हो ।यकम्पनीले भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ लाभासं घोषणा गरेको हो।
अपिले हाल कायम चुक्ता पूँजी रु ५७८.६५ करोडको शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीले विद्युत नियमन आयोगको स्वीकृति दिएपछि कम्पनीको २०८०/०८१ को २१औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात् मात्र लाभासं सेयरधनीलाई प्रदान गरिने छ्भनी सूचनामा भनिएको छ ।
हाइड्रोपावर कम्पनीहरुले विद्युत नियमन आयोगद्वारा स्वीकृत दिएपछिमात्र शेयरधनीहरुले लाभांश प्राप्त गर्ने कानुनी प्रावधान रहेको छ ।







