नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।
बिहान ११ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गरेका हुन् ।
कांग्रेस र एमालेले सरकारमा को को ब्यक्तिहरु लाई मन्त्रीको रुपमा सिफारिस गर्ने भनी आन्तरिक तयारी भएको समेत जानकारी प्राप्त भएको छ । सरकारमा पठाउने मन्त्रीहरुको कांग्रेस र एमालेको शीर्ष तह आन्तरिक छलफलमा छ । एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिने एमाले स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार, एमालेबाट सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्दै छन भने नेपाली काङ्ग्रेसको तर्फबाट हृदयराम थानी, रामनाथ अधिकारी, प्रदीप पौडेल र तेजुलाल चौधरीको नाम पार्टी सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेको स्रोतको दाबी छ ।
कांग्रेस संस्थापन पक्षबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवालगायतको नाम चर्चामा छ ।







