एयर डाइनास्टिकको हेलिकप्टर बेपत्ता भएको खबर प्रारम्भ जानकारी प्राप्त भएको छ । काठमाडौबाट त्रिशुली जाँदै गरेको सो हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानमा दुर्घटना भएको र उक्त ठाउँमा प्रमुख जिल्ला अधिकारी समेत जाँदै गरेको जानकारी समेत प्राप्त भएको हो ।

उक्त दुर्घटनामा परेर चार जनाको निधन भएको समेत नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको भनी संचार माध्यमहरु लाई जानकारी दिएको हो ।

नुवाकोट अवस्थित शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा पर्ने सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले समेत सो दुर्घटनाको विषयमा जानकारी दिएको हो । भने उक्त स्थानमा प्रमुख जिल्ला अधिकारी समेत जाँदै गरेको हो ।

थप विवरणहरु आउदै छ …..।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय